पुँजी बजारकाे समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं । पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गर्न धितोपत्र बोर्डका का.मु. कार्यकारी निर्देशक रुपेशख केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। अर्थ मन्त्रालयको याेजना अनुगमन तथा मुल्यांकन महासाखाले तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गरेकाे हाे। साे कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ।

कार्यदलमा निर्देशक, नेपाल राष्ट्र बैङ्कका शरण अधिकारी,नेपमल स्टक एक्सचेञ्जका निरन्जन फूयाँल, का.मु. कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका उपसचिव सरद निरौला छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here