भारतले भन्याे ‘नेपाल जाँदा सावधानी अपनाउनु’

काठमाडौं । भारतले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । भदौ २३ र २४ गतेको भएको विध्वंसात्मक जेन-जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति देखाउँदै नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको हाे ।

नेपालस्थित भारतीय दूतावासले सडकमार्ग हुँदै आवागमन र उडानहरू नियमित रूपमा चलिरहे पनि नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एडभाइजरीको पालना गर्न सुझाव दिएकाे छ।

भारतीय दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ र आवश्यक परेमा दूतावाससँग सम्पर्क गर्न सुझाव दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here