काठमाडौं । जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गरिने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । खाताबाट यस्तो सामान मिनाहा गर्ने र कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय भएको उनले बताए ।
जसअनुसार केन्द्रका हकमा सहरी विकास मन्त्रालय र जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी त्यस्तो समितिले यो काम गर्ने निर्णय भएको छ ।
सरकारले आन्दोलनमा भएको क्षतिको आकलन गर्नसमेत समिति बनाउने निर्णय गरेको छ ।



















