सांग्रिला डेभलपमेन्ट बैंक १६ औं वर्षमा

काठमाडौं, १५ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औंै वार्षिक उत्सव मनाइएको हो । बिहिबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

मुुलुुकभर सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता व्यक्त गरेको छ ।

यस डेभलपमेण्ट बैंकलाई विगत १५ वर्षदेखि अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैमा बैँकले आभार एवं कृतज्ञता समेत प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here