सुनको भाउ बढ्यो, कति छ आज ?

काठमाडौं १५ कात्तिक । अघिल्लो दिनको तुलनामा सुनको भाउ पुनः उकालो लागेका छ । बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रवार तोलामा ७ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएको छ।

यसअघि तिहारका दिन छापावाल सुन प्रतितोला ७१ हजार तथा बिहीबार ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँग चाँदीको भाउमा समेत वृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here