७ असोज, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ ।
मंगलबार दिउँसो ३:२० बजे सुक्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हाे।
ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको छ।
तुइनखोलामा शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ ।

























