व्यापार घाटा पौने ८ खर्ब, आयात वृद्धिदर घट्दो

काठमाडौं, १ चैत । चालू आर्थिक वर्षको सात महिनामा व्यापार घाटा ७ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो घाटा करिब २७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.९ प्रतिशतले बढेको थियो ।

व्यापार घाटा बढै गए पनि पछिल्ला महिना आयात वृद्धिदरमा कमी आएको छ । गत माघसम्म आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतको आयात बढेको छ । दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतको आयात घटेको छ ।

यस्तै, सात महिनामा कुल निर्यात साढे ११ प्रतिशतले बढेर ५३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएकोे थियो ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैंचा, जूटका सामान लगायतको निर्यात बढेको छ । अलैची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here