साझाले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं बस सेवा सञ्चालन गर्ने

एकतर्फी भाडा ३ सय रुपैयाँ

७ असोज, काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने भएको छ ।

दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ देखि असोज २० गतेसम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।

साझाले काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ ताेकेकाे छ। जुन भाड अन्य सवारी साधनको तुलनामा झण्डै आधा भन्दा सस्तो हो ।

साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

कलंकीबाट साझा यातायातको बस बिहान ७ बजे र ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् ।

यात्रा गरेवाफत यात्रुहरुले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ ।

यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here