सुनकाे उकालाे यात्रा जारी, ताेलामा १३ सयले बढ्याे

प्रतिकात्मक तस्विर

८ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनदेखि लगातार मूल्यले रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन सुन ताेलामा २ लाख २१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २६८० रुपैयाँ रहेको चाँदी आज २७०० पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here