८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् ।
बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । त्यसैगरी महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।
आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
























