तिहारपछि कुन तरकारीको भाउ बढ्यो, कुनको घट्यो ? (तथ्यांक सहित)

काठमाडौं, १५ कात्तिक । तिहारपछि अधिकांस तरकारीको भाउ घढेको छ । चाडवाडको बीचमा आकासियको केहि तरकारीको भाउ भने आरोलो लागेको छ । आलु,प्याज, साग लगायत केहि तरकारीको भाउमा भने तिहारपछि केही कमी देखिएको छ ।

तिहारअघि ११० रुपैयाँ सम्म बिक्री भएको नयाँ रातो आलु अहिले ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भईरहेको कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा जनाईएको छ ।

यसका साथै प्याजको मूल्यमा पनि कमी आएको छ । सुकेको प्याज प्रतिकिलो १२५ रुपैयाँमा कारोबार भएकोमा वर्तमान समयमा प्रतिकिलो ११५ रुपैयाँमा कारोबार भएको छ ।

यी तरकारीको मूल्य घट्यो

आलु (रातो नयाँ र भारतिय )

रातो नयाँ आलु र भारतिय आलुको मूल्यमा कमी आएको छ । ११० रुपैयाँसम्म कारोबार भएको रातो नयाँ आलुको मूल्य ८५ रुपैयाँ प्रतिकिलोमा झरेको छ ।

५५ रुपैयाँमा किनबेच भएको भारतिय आलुको मूल्य ४८ रुपैयाँ प्रतिकिलोमा झरेको समितीले बताएको छ । नयाँ आलुको उत्पादनमा बृद्धि भएसंगै आलुको मूल्यमा कमी आएको समितीले बताएको छ ।

प्याज

धेरै मात्रामा मूल्यवृद्धि भएको प्याजको मूल्यमा पनि कमी आएको अघिल्लो १५ दिनको तथ्यांक अनुसार प्याजको मूल्यमा प्रतिकिलो १० रुपैयाँले कमी आएको छ ।
असोज २९ गते प्रतिकीलो १२५ रुपैयाँमा किनबेच भएको प्याजको मूल्य कात्तिक १६ गते प्रतिकीलो ११५ रुपैयाँ कायम भएको छ ।

भन्टा (लाम्चो, डल्लो)

पछिल्लो १५ दिनको तुलनामा भन्टाको मूल्यमा पनि कमी आएको छ । खासगरी लाम्चो र डल्लो भन्टाको मूल्यमा २० रुपैयाँ सम्मको कमी आएको हो ।
असोज २९ गते प्रतिकीलो ९५ रुपैयाँमा किनबेच भएको भन्टाको मूल्य कात्तिक १६ गते प्रतिकीलो ७५ रुपैयाँ कायम भएको छ ।

साग (रायो र तोरी)

पछिल्लो १५ दिनमा रायो तोरीको सागको मूल्यमा पनि कमी आएको छ । हरीयो तरकारीको मूल्य अत्याधिक बढीरहेको अवस्थामा रायो र तोरीको सागको मूल्य क्रमश ३० र २० रुपैयाँले घटेको हो ।

असोज २९ गते प्रतिकिलो ११५ रुपैयाँ मूल्य रहेको रायोको सागको मूल्य कात्तिक १५ गते प्रतिकिलो ८५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, असोज २९ गते प्रतिकीलो ११५ रुपैयाँमा किनबेच भएको तोरीको सागको मूल्य कात्तिक १६ गते प्रतिकीलो ८५ रुपैयाँ कायम भएको छ ।

फर्सी (पाकेको)

पाकेको फर्सीको मूल्यमा पनि पछिल्लो १५ दिनमा कमी आएको छ । असोज २९ गते प्रतिकिलोे ६५ रुपैयाँमा किनबेच भएको पाकेको फर्सीको मूल्य कात्तिक १६ गते प्रतिकिलोे ५५ रुपैयाँ कायम भएको छ ।

यी तरकारीको मूल्य बढ्यो

गोलभेडा (नेपाली ठूलो, भारतिय, सानो)

पछिल्लो १५ दिनको तथ्यांक अनुसार गोलभेडाको मूल्य अत्याधिक बढेको छ । गोलभेडको मूल्यमा ७६ प्रतिशत भन्दा धेरैको मूल्यवृद्धि भएको समितीले बताएको छ ।

असोज २९ गते प्रतिकिलोे १०५ रुपैयाँमा किनबेच भएको ठूलो नेपाली गोलभेडा र सानो नेपाली गोलभेडाको मूल्यमा समान ८० रुपैयाँले वृद्धि हुँदै कात्तिक १६ गते प्रतिकिलो १८५ रुपैयाँ कायम भएको छ ।

काउली (स्थानीय)

काउलीको मूल्य पनि बढेको छ । पछिल्लो १५ दिनको तथ्यांक अनुसार स्थानीय काउलीको मूल्य २० रुपैयाँ प्रतिकिलो सम्म बढेको छ ।
असोज २९ गते प्रतिकीलो १०५ रुपैयाँमा किनबेच भएको स्थानीय काउलीको मूल्य कात्तिक १६ गते प्रतिकीलो १२५ रुपैयाँ पुगेको समितीले बताएको छ ।

परवल

पछिल्लो १५ दिनको तथ्यांक अनुसार परवलको मूल्य पनि प्रतिकिलोे २० रुपैयाँसम्म बढेको छ ।
असोज २९ गते प्रतिकिलो १०५ रुपैयाँमा किनबेच भएको परवलको मूल्य कात्तिक १६ गते प्रतिकिलो १२५ रुपैयाँ पुगेकोे छ ।

काक्रो (हाइब्रीट)

काक्रोको मूल्यमा अत्याधिक वृद्धि भएको छ । पछिल्लो १५ दिनको तथ्यांक अनुसार काक्रो मूल्य ८० रुपैयाँ प्रतिकिलोेसम्म बढेको छ ।
असोज २९ गते प्रतिकिलोे ४५ रुपैयाँमा किनबेच भएको काक्रोको मूल्य कात्तिक १६ गते प्रतिकिलो १२५ रुपैयाँ पुगेको समितीले बताएको छ ।

फर्सी (हरीयो)

पाकेको फर्सीको मूल्य घटेपनि हरीयो फर्सीको मूल्य भने बढेको छ । पछिल्लो १५ दिनको तथ्यांक अनुसार हरीयो फर्सीको मूल्या २० रुपैयाँ सम्मको वृद्धि भएको छ ।
असोज २९ गते प्रतिकिलोे ६५ रुपैयाँमा किनबेच भएको हरीयो फर्सीको मूल्य कात्तिक १६ गते प्रतिकिलो ८५ रुपैयाँ पुगेको समितीले बताएको छ ।

घिउ सिमी (लोकल, हाइब्रीट)

लोकल र हाइब्रीट दुवै घिउसिमीको मूल्य पनि बढेको छ । पछिल्लो १५ दिनको तथ्यांक अनुसार घिउसिमीको मूल्य ३० रुपैयाँसम्म बढेको छ ।
असोज २९ गते प्रतिकिलोे ७५ रुपैयाँमा किनबेच भएको घिउसिमीको मूल्य कात्तिक १६ गते प्रतिकिलो १०५ रुपैयाँ पुगेको समितीले बताएको छ ।

यसका साथै लौका, स्कुस, पालुगो साग, चम्सुर साग, मेथीको साग, हरीयो प्याज, डल्ले च्याउ, हरीयो खुर्सानी आदी तरकारीहरुको मूल्य पनि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here