काठमाडौं । पुँजी बजार सुधार सुझावको लागि गठित कार्यादलले बिहिवार अर्थमन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको छ । कार्यदलले पुँजी बजार सुधारका लागि ३ चरणमा काम गर्नुपर्ने सुझाव दिएको छ । कार्यदलले तत्काल, मध्यकाल र दीर्घकालमा लागू गर्न सकिने सुधारहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेको छ ।
यी हुन पुँजी बजार सुधारका लागि दीर्घकालमा गर्नुपर्ने सुधार
धिताे बजार सञ्चालन र नियमन सम्बन्धी छुट्टाछुट्टै विशिष्टीकृत ऐन, वित्तीय क्षेत्र सम्बन्धी ट्रष्टी ऐन, धितोपत्र सम्बन्धी कसुर तथा सजाय सम्बन्धी नियमावली, लगानी परामर्श सम्बन्धी कानूनी व्यबस्था गर्ने,
– नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रणनीतिक साझेदार भित्र्याई पुर्नसंरचना गर्ने,
– नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा अन्तर्राष्ट्रय मापदण्ड बमोजिमको कारोवार प्रणाली भित्र्याउने,
– सरकारी तथा संस्थागत ऋणपत्र कारोवार गर्ने सम्बन्धमा नीतिगत तथा प्रणालीगत व्यवस्था गर्ने,
– संगठित संस्थाहरूले जारी गर्ने हकप्रद शेयरको सम्बन्धमा सम्बन्धी विनियम तयार गरी लागू गर्ने,
– जीवन बीमकले निर्जीवन बीमक र निर्जीवन बीमकले जीवन बीमकको शेयर खरिद गर्न नपाउने हालको व्यवस्था हटाउन बीमा ऐनमा संशोधन गर्ने।






















