१० असोज, काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
घाइतेलाई भेट्न मन्त्री खरेल टिचिङ अस्पताल पुगेका हुन् ।
भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै भाे ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।’


























