सानो गौचरण यसरी बन्दैछ फुटबल मैदान (फोटो फिचर)

११ असोज, काठमाडौं । सानो गौचरणमा अहिले फुटबल मैदान बन्दैछ । काठमाडौं महानगरपालिकाको लगानीमा यहाँ बाह्रै महिना खेल्न मिल्ने मिनि स्टेडियम बनाउने काम धमाधम भइरहेको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘बिगत केही बर्ष देखि महिला फुटबलले पाएको सफलता कसै माझ लुकेको छैन । हामी काठमाडौ महानगर आए सङै हाम्रो उद्देश्य कम्तीमा एउटा १२ महिना खेल्न मिल्ने सुबिधा सम्पन्न एउटा ट्रेनिङ ग्राउण्ड बनाउने थियो ।’ उनका अनुसरा जग्गा प्राप्तिमा केही समय लागेको थियो ।

काठमाडौं वडा नं ५ ले सानो गौचरणको जग्गामा सहजीकरण गरेसङ्गै अहिले सानो गौचरन स्टेडियमको पुनःनिर्माणको काम धमाधम भइरहेको छ । २०८१ मंसिरमा पुन निर्माण सुरु भएको रंगशाला ०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लल्य महानगरको छ । रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

बालेन शाहले आफु महानगरपालिकामा आएपछि विद्यालयको खेल मैदान देखि यस्ता सार्वजनिक स्थानका खेल मैदानको स्तररोन्नतीमा ध्यान दिएको समेत बताएका छन् । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान बन्ने छ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ ।

वरिपरि सिमा पर्खाल हुनेछ । रंगशाला परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ राखिएको छ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here