काठमाडौं । तुइन खोलाको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो ।
चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू गन्तव्यमा प्रस्थान गरिरहेका छन् ।



















