आज एकादशीको दिन, दशैंको टीका लगाउने क्रम जारी

१७ असोज, काठमाडौं । आज एकादशीकाे दिन, दशैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

टाढा भएका आफन्तजनहरुसम्म कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ ।

कुनैकुनै ठाँउमा विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको छ।

पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौं ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गरौं भन्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here