काठमाडौं । शनिबार रातिबाट देशका पूर्वीदेखि पश्चिमी भेगसम्मका नदीमा आकस्मिक बढीको जोखिम रहेको जनाएको छ।
महाशाखाले शुक्रबार ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो।
महाशाखाका अनुसार शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरू भई नदीहरूमा बहाव बढ्न सुरू हुनेछ।
शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला हुँदै बहने स-साना नदीनालामा आकस्मिक बाढीको जोखिम छ।


























