काठमाडौं । अविरल वर्षा पछि मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत् तुइन खोलाको सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरले तुइन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेको छ। पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेको बताएको छ।
मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। अहिले त्यहाँ सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।






















