हरियो खुर्सानी स्वास्थ्यका लागि लाभदायक, यी रोगबाट बचाउँछ !

काठमाडौं । खुसार्नी एक पीरो पदार्थ हो । कतिपय मानिस हरियो खुर्सानी मन पराउँछन् भने कोही रातो खुर्सानीको स्वादमा झुम्मिने गर्छन्। जे भएपनि खुर्सानी बिनाका परिकार कसैको रोजाइमा पर्दैनन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरुको अध्ययनले खुसार्नी स्वास्थ्यका एकदमै उपयोगी रहेको देखाएको छ । हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ ।

तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुइवटा हरियो खुसार्नी खाने गर्नाले क्यन्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ । हरियो खुर्सानीले प्रकृतिक रुपमानै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ ।

स्वास्थ्यका लागि रातो भन्दा हरियो खुर्सानी फाइदाजनक मानिन्छ।हरियो खुर्सानी ताजा हुन्छ। यो सुकेपछि रातो हुन्छ।रातो वा सुकेको खुर्सानीमा पानीको मात्रा कम हुन्छ। यसमा न्युट्रिएट्सको मात्रा पनि कम हुन्छ।

त्यसैले स्वास्थ्यका लागि रातो खुर्सानी वा धूलो खुर्सानी फाइदाजनक मानिदैन। नियमित खानामा रातो खुर्सानीको सट्टा हरियो खुर्सानी खानु फाइदाजनक हुन्छ

१.मोटोपन कम गर्छः यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।

२.क्यान्सरबाट बचाउँछ : पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो
खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने गर्दछ ।

३.सँधै जवान राख्न मद्धत गर्छ :हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।

४ं.छालाको संक्रमणबाट बचाउँछ : यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियो खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउँछ ।

५.मधुमेहबाट बचाउँछ : हरियो खुर्सानीले रगतमा सुगरको लेभललाई कन्ट्रोल गर्दछ । जसले मधुमेहको समस्याबाट छुटकारा दिलाउँदछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन पनि पद्धत गर्दछ ।

६.हड्डिलाई बलियो बनाउँदछ : हरियो खुर्सानीमा प्रसस्त मात्रमा आइरन पाइन्छ जसले हड्डिलाइ बलियो बनाउँदछ र रगतलाई पनि बढाउने गर्दछ । महिलाहरुको लागि हरियो खुर्सानी निकै लाभदायक हुन्छ ।

७ रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ : हरियो खुर्सानीमा भिटामिन सिको मात्रा प्रशस्त मात्रमा हुने गर्दछ जसले शरिरमा भिटामिन ‘सि’ को पुर्तिका साथै शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ ।
-एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here