पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुग्याे

१९ असोज, काठमाडौं । शुक्रबार र शनिबार आएको निरन्तरको वर्षाका कारण पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण आज दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।

जसमध्ये इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here