काठमाडौं । दशैंपछि सुनको भाउ तोलामै करिब १० हजार रुपैयाँ बढेको छ । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा आज तोलामै ९ हजार ९ सय रुपैयाँ बढेकाे हाे। आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।
आइतबारको तुलनामा आज २ हजार ५ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ । असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३० रुपैयाँले चाँदी बढेको हो ।
























