जेनजी आन्दोलनमा भएको क्षतिको ३०९९ बीमा दाबी, रु. २३ अर्ब माथिको क्षति

`
काठमाडौं, २३ असोज । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम २३ अर्ब रुपैयाँ भन्दा माथि पुगेको बीमा प्राधिकरणले बताएको छ ।

असोज २२ गते बुधबार सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा क्षतिको बीमा दाबी करिव रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको उसले जानकारी दिएको छ ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको सो बराबर रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको हो ।

निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here