काठमाडौं। नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
बुधबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
























