काठमाडौं । क्रिस्टियानो रोनाल्डो पहिलो अर्बपति फुटबल खेलाडी बनेका छन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार रोनाल्डाको कुल सम्पत्ति करिव १.४ अर्ब डलर रहेको छ। जुनमा साउदी अरेबिया टोली अल नासरसँग ४०० मिलियन डलरभन्दा बढीको सम्झौता गरेपछि उनको सम्पत्ति बढेकाे हो।
४० बर्षिय राेनाल्डाे २०२३ मा म्यानचेस्टर युनाइटेडबाट अल-नासर पुगेका उनी १७७ मिलियन पाउण्ड (९२३७.५२ मिलियन डलर) वार्षिक तलब पाएका थिए । साथै बोनस र साउदी क्लबमा १५ प्रतिशत हिस्सासहित फुटबल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका थिए।























