राष्ट्र बैंकले बढायाे सुन आयातको कोटा

फाइलफोटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । केन्द्रीय बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्‍याएको हो ।

यससँगै वाणिज्य बैंकहरुले २५ किलो आयात गर्नेछन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण गर्छन्।

विश्व बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । पछिल्लो समय सुनको भाउले नयाँ रेकर्ड राख्दै जाँदा लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here