काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमको कारोबार सीमा घटाएको छ । नगद कारोबारलाई निरुत्साहित र अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कारोबार सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार अब एटीएमबाट पैसा झिक्दा प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्र निकाल्न सकिने छ ।
यसअघि एटीएमबाट प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो ।
























