काठमाडौं । दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला जुन २०७२ वैशाख १२ को भूकम्पपछि थलिएको छ ।
नरशमशेर राणाले वि.स.१९५६ मा जग हालेर सुरु गरेका रंगशाला नयाँ काँचुली फेर्ने सुरुमा पुनर्निर्माणको काम धमाधम भैरहेको छ । कोही धमाधम कुर्सी ओछ्याइरहेका छन्। कोही रंगरोगन गरिरहेका। कोही मैदानमा पानी हालिरहेका छन् त कोही सामान ओसारिरहेका।
‘दशरथ रंगशाला’ वैशाख १२ गते आएको भूकम्पका कारण नाजुक अवस्थामा पुगेको थियो । भूकम्पपछि निमार्णमा रहेको देशको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अब १५ दिन सक्ने तयारी थालिएको छ ।
रंगशाला निर्माण शाखाप्रमुख अरुण उपाध्यायका अनुसार रंगशालानिर्माण अन्तिम चरणमा पुगेको छ । ‘हामी रंगशालानिर्माणको अन्तिम चरणमा छौं,’ ‘अबको १५ दिनमा रंगशाला पूर्णरुपमा तयार हुन्छ ।’
कार्यालय अभावका कारण निमार्ण कार्यमा ढिलाई
उपाध्यायका अनुसार निर्माण ढिलाई हुनुमा मुख्य कारण कार्यालय अभाव रहेको छ ।‘हामीसँग पर्याप्त मात्रामा कार्यालय छैन्,’ उनले भने, ‘कर्मचारी आउनै पर्यो काम गर्नै पर्यो त्यसकारण पनि निर्माणमा ढिलाई भएको छ ।’
भर्खरै फेरिएका नयाँ झ्याल देखाउँदै उनी भन्छन्, ‘तपाईंलाई लाग्या होला, भवनको हाल यस्तो छ १५ दिन कसरी निमार्ण सम्भव छ । तर हामी निर्माण गरेरै छाड्छौं ।’
अष्ट्रेलिया र जोर्डनमध्ये एक खेल नेपालमा
विश्वकप छनोट अन्तरगतको अष्ट्रेलिया र जोर्डनमध्ये एक खेल काठमाडौंमा गर्ने पूर्ण तयारीका साथकाम भईरहेको उपाध्यायले बताए ।
‘हाम्रो तयारी सार्क खेलको लागि मैदानतयार पार्नु भए पनि हामीअहिले अष्ट्रेलिया र जोर्डन मध्येको एक खेल काठमाडौंमै गर्ने तयारीमा छौं,’ उनले भने, ‘र मलाई विश्वास छ हामी यो खेल काठमाडौंमै गर्न योग्य हुन्छौं ।’
विश्वकप छनोट खेल नेपालमा गर्ने समयमाभीआईपी क्षेत्रमा सिट राख्ने बाहेक अन्य सबै कामसकिने उनी बताउँछन् ।
के-के कामभयो रंगशालामा?
रंगशालामादर्शक बस्ने प्यारापिटको निर्माण भईसकेको छ ।
यसका साथै दौडको लागिआवश्यक पर्ने ट्रयाक बनिसकेको छ भने बत्ती पनि हालिएको छ ।
हाल मैदानमा दुबो उमार्ने तयारी स्वरुप मल तथा पानी राख्ने काम भईरहेको छ । रंगशाला भित्रका कार्यालयहरु पनि निर्माण प्रकृयामै छन् ।
रंगशालामा अहिले बाँकी काम भीआईपी क्षेत्र निर्माण र सरसफाई हो ।
तस्विर: गोलनेपाल डटकमवाट