प्रतितोला ३ हजार रुपैयाँ बढ्याे सुन, चाँदीमा नयाँ रेकर्ड

प्रतिकात्मक तस्विर

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ ताेकिएकाे छ। यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीले भने नयाँ रेकर्ड बनाएकाे छ। चाँदीकाे भाउ तोलामा ४० रुपैयाँ बढेको हाे। चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here