क्लाउड पत्रिका संवाददाता
२७ असोज, काठमाडौं । सुनको मूल्यले निरन्तर कीर्तिमान राखिरहेको छ । सुनको मूल्य स्थानीय माग र आपूर्ति भन्दा पनि अन्तर्राष्ट्रिय बजारले तय गर्छ । त्यसकारण नेपालजस्ता थोरै माग हुने मुलुकका उपभोक्ता समेत सुनको चर्को मूल्य तिर्न बाध्य छन् ।
इतिहास हेर्ने हो भने मानिस र सुन चाँदीको संगत निकै पुरानो मानिन्छ । सुनलाई मानिसले सबैभन्दा सुरक्षित गहना मान्छन् र सोही अनुसार आफ्नो क्षमता अनुसार भण्डार गर्छन् । यस्तै भण्डार मुलुकको हकमा समेत लागु हुन्छ ।
आफ्नो अर्थतन्त्र मजवु्त बनाउन सरकारहरुले सुनको भण्डार बढाउने गर्छन् । विकसित मुलुकहरु यसको प्रतिस्पर्धामा पनि छन् । राजनीतिक अस्थिरता, युद्ध र आर्थिक संकटको समयमा कागजी नोटको तुलनामा गोल्ड रिजर्भको ठूलो महत्व रहन्छ । बेलायती सिक्का निर्माण गर्ने एक कम्पनी रोयल मिन्टका अनुसार सुनको भण्डारणबाट महंगी नियन्त्रणमा सहयोग पुग्छ । वित्तीय संकटका बेला मानसिक शान्ती प्रदान गर्छ ।
कुन देशसँग कति छ सुनको भण्डार ?
यदि खानीको दृष्टिकोणबाट हेर्ने हो भने सुनको सबैभन्दा ठूलो भण्डार अष्ट्रेलिया र रुससँग छ । यूएयस जियोलोजिकल सर्भेका अनुसार रुसको साइबेरिया र अष्ट्रेलियाको पश्चिमी भेगमा सुनका ठूला खानीहरु अवस्थित छन् । रुसले सन् २०२४ मा मात्र ३१० मेट्रिक टन सुन उत्पादन गरेका तथ्यांक छ ।
अष्ट्रेलियामा मात्र १२ हजार मे.टन सुन भण्डार रहेको अनुमान छ । जसले हरेक साल ३२०–३३३ मे.टन उत्पादन गर्दै आएको छ । यसबाहेक क्यानडा र चीनमा समेत ठूलो भण्डारण रहेको छ । यी मुलुकसँग क्रमशः ३२ सय मेटन र ३१ सय मेटन सुनको भण्डार रहेको अनुमान छ । अमेरिकासँग ३ हजार मे.टन भण्डारण रहेको तथ्यांक छ ।
अन्य मुलुकले भने खानी भन्दा पनि यसको खरीदका आधारणमा सुनको भण्डारण बढाइरहेका छन् । चाँदीको दृष्टिकोणले हेर्ने हो भने सबैभन्दा ठूलो भण्डारण अफ्रिकी मुलुक पेरुसँग रहेको छ ।
यस मुलुकमा १ लाख ४० हजार मेटन चाँदी रहेको अनुमान छ । रुसमा ९२ हजार मेटन चाँदी भण्डारण रहेको छ । चीनसँग ७२ हजार मेटन चाँदी रहेको अनुमान छ । पोल्णडमा ६१ हजार मेटन रहेको छ । मेक्सिकोमा ३७ हजार मेटन चाँदीको भण्डारण रहेको छ ।
























