गृहमन्त्रीले भने ‘अनावश्यक सुरक्षाकर्मी लिएकाहरूले सुरक्षाकर्मी फिर्ता भएपछि शान्ति सुरक्षाको कुरा गर्न थालेका छन् ‘

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले विस्थापित गरेका नेताहरूलाई आफ्नै पार्टीमा अरु पनि योग्य छन भनेर बोध गर्न सुझाव दिएका छन् । आज गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै आन्दोलनले विस्थापित गरेकाहरूले सुशासन दिन नसकेको बोध गर्नुपर्ने बताएका हुन् ।

विद्रोहले अपदस्त गरेको थियो तिनीहरूलाई बोध हुनुपर्‍यो उनले भने हामीले सुशासनको सट्टा कुशासन दिएकाले यो परिस्थिति आएको हो, उनले भने ।

गृहमन्त्री अर्यालले भने, ‘पार्टीमा अरु पनि योग्य मान्छे छन् उनीहरूलाई नेतृत्व दिन्छौं, हामी स्थिति सामान्यीकरण गर्छौं भनेर सोच्नुपर्ने थियो १ तर, तिनीहरू नै अहिले डुक्रिन थालेका छन्।’

सो अवसरमा उनले भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने प्रतिवद्धता पनि जनाए। दलहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै दिएको अभिव्यक्तिको जवाफमा गृहमन्त्री अर्यालको जवाफ आएको हो।

अनावश्यक सुरक्षाकर्मी लिएकाहरूबाट सुरक्षाकर्मी फिर्ता भएपछि तिनले शान्ति सुरक्षाको कुरा गर्न थालेको भन्दै व्यंग्य गरे । ‘जसले सुरक्षाकर्मीहरू दुरुपयोग गरेर मापदण्डविपरीत सुरक्षाकर्मी लानुभएको थियो, बर्दीधारीलाई घरमा भान्से, पिएसओलाई ड्राइभर बनाउनुभएको थियो, अरु काममा पनि लगाउनुभएको थियो, ती सबै फिर्ता भएपछि उहाँहरूले शान्ति सुरक्षा भएन भन्नुभएको रहेछ,’ अर्यालले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here