काठमाडौं । बुधबार सेयर बजारमा नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२ दशमलव ५८ अंक घटेको हो । सो गिरावटसँगै नेप्से २५०५ अंकमा झरेको छ ।
कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो । ४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने पाँचको स्थिर रहेको छ । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०।२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २। ०९ प्रतिशत घट्यो ।
बैंकिङ ०दशमलव५४, विकास बैंक १ दशमलव १४, फाइनान्स १दशमलव१०, होटल तथा पर्यटन १दशमलव०६, हाइड्रोपावर १दशमलव१८, लगानी ०दशमलव९८, जीवन बीमा ०दशमलव७५, उत्पादन तथा प्रशोधन ०दशमलव३९, माइक्रोफाइनान्स ०दशमलव५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०दशमलव६५ र अन्य समूह १दशमलव२२ प्रतिशत घटे ।
समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६दशमलव९३ प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफको ३दशमलव६२ तथा मातृभूमि लघुवित्तको ३दशमलव१३ प्रतिशत बढ्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५दशमलव८७, पन्चकन्या माइ हाइड्रोको ५दशमलव७५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ५दशमलव०२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।






















