३० असोज, काठमाडौं । बिहिवार सुनको भाउ साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेकाे छ। आजको सुनको भाउ हालसम्मकै उच्च हो । याे अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो ।
बुधबार सुन ताेलामा २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ ।
























