सेयर बजार २५ सयमुनि, एक बर्षयताकै न्यून

३० असोज, काठमाडौं । बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । आज नेप्से घटेर २४८७ अंकमा झरेको हाे।

आजको अंक गत वर्षको असोज १३ यताकै न्यून हो । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।

आज कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भएकाे हाे । बैंकिङ ०.०२ प्रतिशत बढेको छ ।

यता विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटेका छन्।

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो ।

त्यस्तै समाज लघुवित्तको १०, युनिक नेपाल लघुवित्तको ७.३३, समता घरेलु लघुवित्तको ६.२५, अपर स्याङ्गेको ४.८७ तथा नेपाल पुनर्बीमाको ४.२१ प्रतिशत मूल्य घटेकाे छ।

आज धेरै कारोबार भएका कम्पनीमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here