सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएकी छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारीलाई एकै ठाउँमा राखेर यस्ताे निर्देशन दिएकि हुन् कार्कीले सिंहदरबारमा छलफलका क्रममा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताइन्।

‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन उनले भनिन् ‘ सुनका घडी लगाएर हिँड्छन्। महँगा गाडी चढेर हिँड्छन्। नक्कली डिभोर्स गराएर हिँड्छन्। उनीहरूलाई छाड्न मिल्दैन।’ ।
उनले कानूनमा समस्या छ भने त्यो पनि संशोधन गर्न समेत निर्देशन दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here