काठमाडौं । बंगलादेशकि पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरिएको छ। अभियोजन पक्षले मृत्युदण्डको सजाय माग गरेकाे हाे। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।
बंगलादेशमा विद्यार्थीहरूको प्रदर्शनमा सुरक्षा बलको कारबाहीमा पनि धेरै मानिसको मृत्यु भएको थियो। साे घटनाकै कारण शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो।
हसिना हाल भारतमा शरण लिएर बसेकी छिन्।





















