तोलामा ७ हजार १ सय बढ्यो सुनकाे भाउ

प्रतिकात्मक तस्विर

३१ असोज, काठमाडौं । सुनकाे भाउ शुक्रबार एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरिएको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा काराेबार भएको थियाे।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले चाँदी बढेकाे छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here