‘सरकारलाई रिस उठोस् कि नउठोस्, एमाले शान्ति, सुशासन स्थापना गरिछाड्छ’:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा शान्ति, सुशासन स्थापना गरेर छाड्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘सरकारलाई रिस उठोस् कि नउठोस्, नेकपा एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण गरिछाड्छ।,’

उनले सरकारले अस्वस्थता फैलाउँदै गरेको आरोप समेत लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here