१६६ यात्रुसहित उडिरहेको जहाजमा इन्धन चुहियो, बनारसमा आपतकालिन अवतरण

५ कात्तिक, काठमाडौं । भारतमा बुधबार एक यात्रुबाहक ठूलो जहाज दुर्घटनाबारे बचेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार इण्डिगोको कोलकाता–श्रीनगर उडान ६ई–६९६१ मा इन्धन चुहिएको छ ।

फ्यूल ट्याङ्क लिक भएको क्याविन क्रुले पत्ता पाएसँगै जहाज वाराणसीस्थित लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गराइएको हो । घटनाबारे थप जाँच भइरहेको समाचारमा उल्लेख ।

जहाज साँझ ४ बजेर १० मिनेटमा अवतरण गराइएको हो । जहाजमा १६६ यात्रु र क्याविन क्रु सवार थिए । यात्रुलाई जहाजबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो ।
एजेन्सीहरुको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here