काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको हो । माेटसाइकल सडकको डिभाइडरमा ठोक्किँदा चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेका थिए ।
उनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको हाे।



























