काठमाडौं । गायक बाबुल गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको हाे।
गायक गिरी र पौडेल झन्डै ९ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।






















