ह्यात होटलकाे सेवा बन्दबारे प्रधानमन्त्री कार्कीको चासाे

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द भएको तथा कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान जानकारी लिएका छन् । अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताए । उनले व्यवस्थापन पक्षलाई विचलित नभई सेवा सुचारु गर्न पनि आग्रह गरे ।

‘तपाईंहरु नआत्ति उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ,’ खनालले भने, ‘सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’

होटल बन्दबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here