के भेनेजुएलामा आक्रमण गर्दैछ अमेरिका ?

८ कात्तिक, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले युद्धलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।

उनको यो बयान यस्तो समयमा आएको हो, जहाँ अमेरिकाले संसारका सबैभन्दा ठूला युद्धपोत क्यारेवियन इलाकामा तैनाथ गरेको छ । जसले गर्दा सो क्षेत्रमा सैन्य तनाव अझ बढ्दै गएको छ । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले शुक्रबार यूएसए जेराल्ड आर फोर्ड विमाबाहक पोत मेडिटेरेनियन सीको क्यारेवियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए ।

यो पोतले ९० वटा विमान बोक्न सक्छ । राष्ट्रपति मादुरोले सरकारी सञ्चारमाध्यमसँग भनेका छन्, यहाँ एक युद्धको तयारी गरिएको छ ।’ पछिल्लो समय अमेरिकाले लागुऔषध कारोबारी र तस्करीविरुद्ध अभियान तिब बनाएको छ । सो क्रममा अमेरिकाले महासागरमा डुंगामाथि आक्रमण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here