१० कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन
सुन तोलामा ११ हजार ६ सय घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको थियो। । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको हो।





















