१० कात्तिक, काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको किष्ट अस्पताल तोडफोड गरेका छन् । सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले इमाडोलमा रहेको किष्ट तोडफोड गरेका हुन् ।
अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको छ ।






















