बेलायतको हाउस अफ लर्डसमा ‘नेपाल भ्रमण वर्ष’ को उद्‌घाटन हुँदै

काठमाडौं । बेलायतस्थित हाउस अफ लर्डस (बेलायतको माथिल्लो सदन)मा ‘नेपाल भ्रमण वर्ष’ २०२० को उद्‌घाटन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको उपस्थितीमा नोभेम्बर ७ को दिन उक्त कार्यक्रम हुन लागेको हो ।

त्यसको लगि मन्त्री भट्टराई लगायत भ्रमण वर्ष २०२० सचिबालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु बेलायत प्रस्थान गरिसकेका छन् । प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा नेपाल भ्रमण वर्ष प्रवर्धनका लागि विशेष कार्यक्रम राखिएको हो ।

कार्यक्रमको मूख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवर्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने रहेको छ ।

कार्यक्रममा बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरहरुलाई कदर पत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । अवार्ड तथा कदर पत्रहरु पर्यटन मन्त्री भट्टराईले वितरण गर्नेछन् ।

त्यसैगरी ट्राभल एजेन्ट तथा होटेल व्यावसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वाइल्ड लाईफ टुरिजममा काम गर्दै आएका एभी जीम इडवार्ड, नेपालको पर्यटन गन्तब्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल टुरिजमका पाइनियर ज्ञाता कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिनेछ ।

त्यसैगरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुहुने ७ जनाहरु माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल), आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम)लाई प्रसंशा पत्र वितरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here