काठमाडौँ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।
यसैबीच बंगालको खाडीमा बनेको चक्रवाती आँधी ‘मोन्था’ को प्रभाव नेपालमा पनि देखिन सक्ने मौसमविद्हरूले बताएका छन् । भारतीय मौसम विभागले मोन्थाले भीषण रूप लिन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ ।
‘यो आँधी उत्तर पश्चिमतर्फ अगाडि बढ्नेछ । आन्ध्र प्रदेशको तटीय क्षेत्र मछलीपट्टनम र कंलिगपट्टनमको बीचतिर आज साँझ वा राति ९० देखि १०० किमि प्रतिघण्टाको गतिले ठोक्किने सम्भावना रहेको छ ।’
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान
११ गते (मंगलबार)
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात / वर्षाको पनि सम्भावना रहेको छ ।
१२ गते (बुधबार) कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति देशभर आंशिक बदली बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
१३ गते (बिहीबार) दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी काेशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।






















