काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २९२० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९६५ रुपैयाँ पुगेको छ ।























