५ अंकले बजार घट्दा बढ्यो कारोबार

१२ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ।

परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भएकाे छ।

८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रहेकाे छ। हाेटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशत बढे ।

यता अन्य समूह १.२० प्रतिशत घटेकाे छ। त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन्।

दुई कम्पनी उपकार लघुवित्त र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ। त्यस्तै मानुषी लघुवित्तको ९.९१, हिमालयन पावर पार्टनरको ८.७४ तथा आशा लघुवित्तको ७.६८ प्रतिशत मूल्य बढेकाे
छ।

आज पन्चकन्या माइ हाइड्रोपावरको ३.६९, सिनर्जी पावरको ३.२१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here