बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

काठमामडौं । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार सूचना जारी गरेर यस्तो सूचना दिएको हो ।

बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने बताइएको छ । यसैगरी सिन्धुली प्रशासनले पनि १३ र १४ कात्तिकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारीसाधन आवागमनमा निषेध गरेको हो ।

दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले सवारी साधन चलाउन रोक लगाउन सक्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नदीहरूमा बाढीको बहाव बढ्दा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध समेत गरेको छ । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

साथै दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले सवारी साधन चलाउन रोक लगाउन सक्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here