मुग्लिन–नारायणगढ सडक सुचारु

काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडकमा माथिबाट ढुंगाहरू खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो । ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको हाे ।

तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here